Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढी पुगेर विप्लवले भने, ‘माओवादी केन्द्रसंग एकता हुन्छ’

0 16

कैलाली, २७ कार्तिक ।। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसंग एकता हुने बताएका छन्। धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले माओवादी केन्द्रसंग एकता सम्भव रहेको बताएका हुन्। उनले भने, ‘हामी एकता गर्ने हो।

हामी निश्चित रुपले एक हुने नै हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’ उनले सम्पूर्ण देशभक्तले वैदेशिक हस्तक्षेप विरुद्ध लड्नका लागि एकजुट हुनुपर्ने बताए। सरकारले पार्टीलाई प्रतिवन्धबाट हटाउदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उनले बताए।

टिप्पणीहरू
Loading...