Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कांग्रेस वडा अधिवेशन : घोडाघोडीको सबै वडामा सर्व सम्मत

0 14

कार्तिक २७ सुखड । कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको घोडाघोडीमा नगरपालिकाका १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार भएको वडा अधिवेशनले वडा नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

वडा नम्बर २,३ र ८ मा क्षेत्रीय प्रतिनिधिको लागी सहमति नहुँदा चुनाव भएको छ । अन्य वडामा भने क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको नेपाली काग्रेश घोडाघोडी नगर कमिटीले जनाएको छ ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ अन्तरगत घोडाघोडी नगरपालिकाको १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताईएको छ । वडा कमिटी २७ सदस्यीय रहेको छ भने क्षेत्रीय प्रतिनिधि १५ देखी २५ जना चयन भएका छन् ।

कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मङ्सिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।

कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको जनाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्य तालिका अनुसार शनिवार देखी बाँकी अधिवेशन प्रक्रियाहरू सुरु भएको हो ।

शनिवार १० जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो ।

काँग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । काँग्रेसको १४ औँ महाधिवेशन महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

टिप्पणीहरू
Loading...