वाईसिएल घोडाघोडी नगर अध्यक्षमा चौधरी
पहलमानपुर, २७ कार्तिक ।। नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को घोडाघोडी नगर अध्यक्षमा सन्तोष चौधरी चयन भएका छन् । शनिवार जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा आयोजित प्रथम नगर सम्मेलनबाट ४९ सदस्य नगर कार्यसमिती चयन गरिएको हो ।
सो कार्यसमितीको उपाध्यक्षमा धर्मराज चौधरी, इन्द्र बहादुर बि.क., सचिवमा गोपाल विश्वकर्मा, सहसचिवमा धिरज भण्डारा, गंगा बहादुर बुढा, रोदिना चौधरी, सुदिप बास्तोला र कोषाध्यक्षमा सपना डंगौरा सहित अन्य सदस्यहरु रहेका छन् ।
योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को घोडाघोडी नगर संयोजक सन्तोष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी वाईसिएल प्रदेश अध्यक्ष दिल बहादुर थापा रहेका थिए भने विशिष्ट अतिथी पार्टीका प्रदेश कमिटी सदस्य खुशिराम चौधरी रहेका थिए ।
वाईसिएल घोडाघोडी नगर इन्चार्ज डेविड गौमतको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन प्रेम बोगटीले गरेका थिए । सम्मेलनमा नगरका १२ वटै वडाका सयौं युवाहरुको सहभागिता रहेको थियो ।