कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

६ बुँदे लिखित सहमति पछि अर्जुन दासको १० औं दिनमा अन्त्येष्टि

६ बुँदे लिखित सहमति पछि अर्जुन दासको १० औं दिनमा अन्त्येष्टि
Spread the love

कैलाली, १२ पुस । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र घाँटी छिनालेको अवस्थामा मृत भेटिएका स्थानीय २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ।

घटनाको दोषी पक्राउ नपरेसम्म शव नबुझने अदानका साथ आफन्तले शव बुझेका थिएनन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो ।

आन्दोलनरत आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफल गरि शव अन्त्येष्टि गर्न सहमत भए । आइतवार बसेको सर्वपक्षीय छलफलमा जानकी गाउँपालिकाले माग सम्बोधनका लागि ६ बुँदे लिखित सहमति गरेपछि उनका परिवारले आज(सोमबार) शव बुझेका हुन् ।

गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको हो ।

पीडित पक्षले उठाएका शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामकरण गर्ने माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यी दुई बुँदामा छलफल नभएको गाउँपालिकाले जनाएको छ ।

गत शुक्रवार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । शनिवार उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो । जङ्गलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्नहरूको पहिचान भइसकेको र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न लागिपरेको जनाएको छ । घटनामा संलग्न आरोपित एक जनालाई पक्राउ गरी सकेको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD