कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

५ जिल्लाबाट सिफारिस आरजु, कैलालीमा रेशम चौधरीको पार्टीसँग सम्पर्कमा

५ जिल्लाबाट सिफारिस आरजु, कैलालीमा रेशम चौधरीको पार्टीसँग सम्पर्कमा
Spread the love

कैलाली, २० भदाैं । नेपाली काँग्रेसका चर्चित नेता आरजु राणा ५ जिल्लाबाट सिफारिस भएकी छिन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा देउवा यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न सफल भएकी छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती हुन् ।

प्रधानमन्त्री देउवाकै जोड बलमा कैलाली, डडेलधुरा, बाँके, बर्दिया र बागलुङबाट पनि राणाको नाम सिफारिस भएको छ । गएको चुनावमा कैलाली ५ नम्बरबाट चुनाव लडेकी उनी ५ हजार मतले एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । यस पटक एमाले फुटेर कमजोर भएका कारण आरजुले कैलाली ५ बाटै चुनाव लड्ने सम्भावना छ ।

त्यसमाथि कैलालीमा एक किसिमको पकड हुँदै माओवादी, नेकपा समाजवादी र जसपाको पनि समर्थन रहने भएकाले आरजु बलियो उम्मेदवार हुन् । यद्यपि चुनाव जित्ने वा नजित्ने निश्चित छैन ।

आरजु राजनीतिभन्दा बढी विभिन्न संघ संस्था र शक्ति केन्द्रका लागि रुचाइने नाम हो । बालुवाटारमा आरजुको पकड देउवाको भन्दा पनि शक्तिशाली छ । कैलालीमा पुष्कर ओझासँग उनको समझदारी बनेमा चुनाव जित्न गाह्रो छैन ।

तर ओझाले अहिलेसम्म आरजुलाई समर्थन गरेका छैनन् । ओझालाई मिलाउन आरजु कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर वार्तामा छिन् । ओझालाई आवश्यक पद दिएर उनको चित्त बुझाउने काममा आरजु सक्रिय छिन् ।

त्यसबाहेक कैलालीमा रेशम चौधरीको पार्टीसँग पनि आरजु निरन्तर सम्पर्कमा छिन् । थारु बाहुल्यता कैलालीमा रेशमको पनि बलियो पकड छ । टीकापुर विद्रोह पश्चात पनि रेशमले कैलाली १ बाट चुनाव जितेका थिए । अहिले सो क्षेत्रमा रेशमका श्रीमती रञ्जित श्रेष्ठ लड्ने तयारीमा छन् । केर्नि न्युजबाट

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD