कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

सुन्दर एक सपनाको ‘खन खन खन’ मंसिर १५ गते सार्वजनिक हुने

सुन्दर एक सपनाको ‘खन खन खन’ मंसिर १५ गते सार्वजनिक हुने
Spread the love

कैलाली, ११ मंसिर ।। सुन्दर एक सपना एल्बमको दोस्रो गित ‘खन खन खन’ मा निर्मित म्युजिक भिडियो यही मंसिर १५ गते बिहीबार सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोलाई सेबिल इन्टर्नटेन्मेन्ट च्यानलबाट सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियोमा नायक तथा मोडल पुष्प खड्का र मोडल पुजा चौधरी रहेका छन् ।

गीतमा गायक केशवराज महतोको शब्द, संगीत र स्वर सँगै गायिका अन्नु चौधरीको स्वर रहेको छ । गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकास केसीले गरेका छन् । निर्देशक बिक्रम चौहानले भिडियोको निर्देशन गरेका छन् ।

थारु भाषाको गीतमा नेपाली सिने जगतका चर्चित कलाकारलाई मोडलिङ गराउनुमा सम्पुर्ण टीमको साथ सहयोगले मात्रै सम्भव भएको गायक महतोले बताए । त्यसैगरी मोडल चौधरी अस्ट्रेलियामा बसेर पनि थारु भाषा, कला र संस्कृति प्रति जागरुक रहेको बताइन् । उनले थारु भाषा, कला संस्कृति संरक्षणका लागि नै आफू म्युजिक भिडियो खेलेको बताइन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD