कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिम राजधानी कप सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

सुदूरपश्चिम राजधानी कप सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
Spread the love

कैलाली, २ पौष ।। कैलालीको अत्तरियामा शुक्रबारदेखि सुदूरपश्चिम राजधानी कप २०७८ सुरु भएको छ । पीएफए स्पोट्स क्लबको आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ८ शिवशक्ति खेल मैदानमा राजधानी कपको तेस्रो संस्करण सुरु भएको छ ।

प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । राजधानी कप अन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष तर्फ बिजेता हुने टिमलाई ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उपबिजेता हुने टिमले ७५ हजार रुपैयाँ नगदसहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।

यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।कुल जम्मा ४७ लाख ६ हजार रुपैया खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा अत्तरिया , धनगढी , कञ्चनपुर , बुटबल लगाएतका ठाउँवाट गरि पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुका लागि कुनै उमेर समूह र क्षेत्र तोकिएको छैन ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD