कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशसभामा जसपा प्रतिपक्षी

सुदूरपश्चिम प्रदेशसभामा जसपा प्रतिपक्षी
Spread the love

कैलाली, १६ जेठ ।। सुदूरपश्चिम प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) प्रतिपक्षी दल बनेको छ । सोमबारदेखि शुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको हो ।

केन्द्रमा जसपा सत्तासाझेदारी पार्टीसँग रहेपनि प्रदेशमा सरकारमा समावेश नगरेपछि सो पार्टी प्रतिपक्षी बनेको जनाइएको छ । प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दल बनेको छ ।

यसअघि नवौं अधिवेशनमा प्रदेशमा नेपाली काँग्रेस पनि प्रतिपक्षीको टेवलमै रहेको थियो । स्थानीय तहको निर्वाचन अघि सरकारमा सहभागि भएपछि अहिले सो पार्टी सत्तागठबन्धनतिर बसेको छ ।

Jay Bajrang
Mayaram

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD