कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिमका स्थानीय तहमा थारुको प्रतिनिधित्व कति ?

सुदूरपश्चिमका स्थानीय तहमा थारुको प्रतिनिधित्व कति ?
Spread the love

धनगढी, १४ जेठ । जातीय जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्व हुनु पर्ने माग गर्दै आएको थारु समुदायबाट तीन सय ७५ जना व्यक्ति सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् ।वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनीहरु जनप्रतिनिधिमा निर्वाचित भएका हुन । नौ जिल्ला रहेको यो प्रदेशमा कैलाली र कञ्चनपुरमामात्रै थारु समुदायको बसोबास रहेको छ ।

निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा ८, उपप्रमुवा वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौ वटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारु समुदायको बसोबास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन्।

सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । जसमध्ये थारु समुदायको प्रतिनिधित्व ९.७५ प्रतिशत रहेको देखिएको छ । सुदूरपश्चिममा थारु समुदायबाट नगरपालिका वा गाउँपालिकाको प्रमुखमा ९ प्रतिशत, उपप्रमुख वा उपाध्यक्षमा ११.३६ प्रतिशत र वडा अध्यक्षमा ११ प्रतिशत प्रतिनिधित्व भएको देखिन्छ ।

थारु समुदायको बाहुल्यता रहेको कैलालीमा यो समुदायबाट दुई नगरपालिकामा नगर प्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित भए । यस्तै, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित भए । 

यस्तै, तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारु समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित भइन् । 

यसैगरी जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतिदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित भए । 

यस्तै, कञ्चनपुरमा थारु समुदायबाट एक जना नगर प्रमुख, दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बेलौरी नगरपालिकाको प्रमुखमा पोतिलाल चौधरी निर्वाचित भए । लालझाँडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिश चन्द्र राना निर्वाचित भए । 

यसैगरी, बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगराम चौधरी, कृष्णपुरको उपप्रमुखमा द्रोपती राना र पुनर्वास नगरपालिकाकोे उपप्रमुखमा भुलिया राना निर्वाचित भएका छन् । लालझाडी गाउँपालिकाको उपाध्यक्षमा सपना चौधरी निर्वाचित भइन् । 

कैलालीमा थारु समुदायबाट वडा अध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ६, ७, ८, १०, १५, १६ र १९ गरी आठ वडामा थारु समुदायबाट अध्यक्ष निर्वाचित भए । यस्तै, गोदावरी नगरपालिकामा ५, ६, ८ र ९ गरी चार वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

थारु बहुल कैलारी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ८ र ९ गरी सात वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी, भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ६, ७, ८ र ९ गरी छ वटा वडाको जिम्मेवारी थारु समुदायका व्यक्तिको भागमा परेको छ । बर्दगोरिया गाउँपालिकाको ५ र ६ गरी दुई वटा वडामामात्रै थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । 

यस्तै, घोडाघोडी नगरपालिकामा २, ६, ७, ११ र १२ गरी पाँच वडामा थारुले जितेका छन् । जोशीपुर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ गरी छ वटा वडामा थारुले वडा अध्यक्ष जितेका छन् । टीकापुर नगरपालिकामा २, ४, ५, ६ र ९ गरी पाँच वडाको वडा अध्यक्षमा थारु समुदायका व्यक्तिको जित भएको छ । यसैगरी, जानकी गाउँपालिकाको १, ३, ४, ५, ६ र ७ वडामा वडा अध्यक्षमा थारुको जित भएको छ । लम्कीचुहा नगरपालिकामा ७, ८, ९ र १० गरी चार वटा वडाको वडा अध्यक्षमा थारु समुदायकै व्यक्तिको जित भएको छ । वडा अध्यक्षमा कैलालीबाट थारु समुदायको उपस्थिति ७.९० प्रतिशत रहेको छ । 

कञ्चनपुरमा वडा अध्यक्षमा २३ र वडा सदस्यहरुमा ७४ जना निर्वाचित भएका छन् । यो जिल्लाको कृष्णपुर नगरपालिकाको ३, ६ र ७ गरी तीन वटा वडामा थारु समुदायका व्यक्ति वडा अध्यक्षमा निर्वाचित भए । यसैगरी, पुनर्वास नगरपालिकामा १, ७, ८ र १० गरी चारवटा वडा थारु समुदायको पोल्टामा परेको छ । 

बेल्डाँडी गाउँपालिकामा वडा नम्बर ३ मामात्रै थारुले वडा अध्यक्ष जित्न सकेका छन् । बेलौरी नगरपालिकामा २, ५, ६, ८, ९ र १० गरी छ वडामा थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । भीमदत्त नगरपालिकामा वडा नम्बर १९, लालझाडी गाउँपालिकामा वडा नम्बर १, २, ३ र ४ मा थारु समुदायका व्यक्तिको वडा अध्यक्षमा जित भएको छ । 

वेदकोट नगरपालिकाकोे वडा नम्बर ६, शुक्लाफाँटाको वडा नम्बर २, ३ र १२ मा थारु समुदायका व्यक्तिले वडा अध्यक्ष जितेका छन् । कञ्चनपुरको दोधारा चाँदनीमा यो समुदायले एक वडा सदस्यमामात्रै चित्त बुझाएको छ । कञ्चनपुरबाट वडा अध्यक्षमा थारु समुदायको सभागिता ३.१३ प्रतिशतमात्रै रहेको छ । जातीय जनसङ्ख्याको आधारमा हरेक क्षेत्रमा समानुपातिक सहभागिताको लागि आवाज उठाउँदै आएको थारु समुदायको स्थानीय तहमा उपस्थिति अझै न्यून नै रहेको देखिएको छ । पश्चिम टुडेबाट

Jay Bajrang
Mayaram

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD