कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

विवाहमा कुटपिट हुँदा कैलालीका एक जनाको ज्यान गयो 

विवाहमा कुटपिट हुँदा कैलालीका एक जनाको ज्यान गयो 
Spread the love

धनगढी, ९ फागुन । कैलालीमा विवाहमा नाचगान गर्ने क्रममा भएको विवादले एक जनाको ज्यान गएको छ । भजनी नगरपालिका–९ का २५ वर्षीय बसन्त चौधरीको ज्यान गएको हो ।

फागुन ७ गते सोही ठाउँमा विवाह भइरहेका बेला उनीमाथि कुटपिट भएको थियो । बसन्तसहितका युवा विवाहमा संगसंगै नाचगान गर्ने क्रममा विवाद उत्पन्न भइ कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

कुटपिटबाट घाइते बसन्तलाई सोही राति नै उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भवन नभएपछि ८ गते विहान कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा उपचारकै क्रममा चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । एक जनालाई घटना भएकै दिन र चार जनालाई सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए । पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन । मुद्दा दर्तापछि उनीहरुको नाम सार्वजनिक गर्ने जनाइएको छ ।

Mayaram

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD