कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

विप्लव कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई दले कालोमोसो

विप्लव कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई दले कालोमोसो
Spread the love

कैलाली, २७ माघ ।। कञ्चनपुरका एक वडाअध्यक्षलाई कालोमोसो दलिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरको बेल्डाडी गाउँपालिका – २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका हुन् । नेकपाले बिभिन्न ९ बुदे आरोप लगाउँदै जनकारवाही गरको जनाएको छ ।

उसले एक प्रेस विज्ञप्ती जारी गर्दै वडा अध्यक्षले कार्यालय भवनको भाडा एक ठाउँ दिने अनी कार्यालय भने गाउँपालिका भित्र राखेको, सम्झौता बहुउद्देश्यीय र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने निर्णय गरेको, मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेको, मनोमानी गरिकाले ग्रावेल फालेको आरोप लगाएको छ ।

विज्ञप्तीमा वडा अध्यक्षले मनोमानी गरिकाले आफ्नो अनुकुलतामा काम गरेको, गाउँपालिकाको पछाडी एकल महिलाका लागि २८ लाख बनाएको ४ कोठे भवनमा पनि अनियमितता गरेको, बसपार्कका लागि भनी ल्याएको २७ टिप्पर गिट्टी बालुवा बेचेको, वडा कार्यालयमा उपस्थित नभई सेवा ग्राहीहरुलाई अनेक बाहानामा दुख दिएको, कालिकिच उपभोक्ता समितिको कार्यालय देखि क्याम्पस सम्मको सडक निर्माणमा पनि आर्थिक अनियमितता भएको उल्लेख छ ।

biplap

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD