कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई
Spread the love

काठमाडौं, २१ मंसिर ।। बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ ।तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा छन् । त्यसैले पनि उनीहरुको विवाह हुने रिसोर्टमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, कट्रिना-विक्कीको विवाहको सुरक्षाको जिम्मा अभिनेता सलमान खानका बडिगार्ड शेराले लिएका छन् । शेरा एक सेक्युरिटी कम्पनी सञ्चालन गर्छन् । जसको नाम टाइगर सेक्युरिटी हो । यो जोडीको विवाहमा बलिउडका चर्चित व्यक्तिहरु समेत सहभागी हुँदैछन् ।

यसैले विवाह स्थलको सुरक्षाको लागि शेराको कम्पनीको साथै बरवाडा पुलिसले पनि सहयोग गर्दैछ ।कट्रिना बलिउडमा प्रवेश गरेसँगै उनको नाम अभिनेता सलमान खानसँग जोडिएको थियो । सलमान र कट्रिना केही वर्ष प्रेम सम्बन्धमा थिए । यसपछि कट्रिनाको सलमानसँग ब्रेकअप भयो र उनी नायक रणवीर कपूरको प्रेममा रमाइन् । रणवीर र कट्रिनाको प्रेम सम्बन्ध करिब ६ वर्ष चलेको थियो । रणवीरसँग अलग भएपछि भने कट्रिना विक्कीसँग नजिकिएकी थिइन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD