कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

‘विकास र समृद्धि ल्याउन गठबन्धनले जित्नु पर्छ’

‘विकास र समृद्धि ल्याउन गठबन्धनले जित्नु पर्छ’
Spread the love

धनगढी, २७ कात्तिक । कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र १ का उम्मेदवार रमेशसिंह धामीले मुलुकको विकास र समृद्धिका लागि बामलोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–१९, फूलबारीमा आइतबार आयोजित चुनावी कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षा गर्न र मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान गठबन्धन बनेको उनले बताए ।

यो क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे । ‘यो क्षेत्रका समस्या समाधान गर्ने र विकास निर्माणका योजनालाई अघि बढाउने काम गठबन्धनले गर्छ ।’ नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका धामीले भने, ‘निर्वाचित भइसकेपछि म तपाइहरुले दिएको मत खेर नजाने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु ।’ यही बसेर लामो समय राजनीति गरेकाले आफ्नो क्षेत्रका समस्याबारे आफू जानकार रहेको धामीले बताए ।

गठबन्धनको जितले मात्र संविधानको रक्षासँगै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने उनले ठोकुवा गरे । ‘संविधानको रक्षा, देशको रक्षा र मुलुकलाई समृद्धिको बाटोमा लैजान गठबन्धन बनेको हो । त्यसैले गठबन्धनलाई भोट किन नहाल्ने रु’ उनले भने, ‘विकास र समृद्धिका लागि यसपालि गठबन्धनलाई विजयी गराएर पठाउनोस्, यहाँको विकास हामी गर्छौँ।’

देशको आवश्यकताका लागि गठबन्धन बनेकोले माओवादीले काँग्रेसको चुनाव चिन्ह रुख र काँग्रेसले माओवादीको चुनाव चिन्ह हसिया हतौडामा मत हाल्न कुनै अफ्ठेरो नमान्न उनले गठबन्धनका कार्यकर्तालाई आग्रह गरे ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD