कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

वइिङ्गर र अटो ठोक्कीदा घोडाघोडीका ३ जनाको मृत्यु, ४ घाइते

वइिङ्गर र अटो ठोक्कीदा घोडाघोडीका ३ जनाको मृत्यु, ४ घाइते
Spread the love

भाद्र १९, पहलमानपुर – कैलालीको पुर्व पश्चिम राजमार्गमा विइङ्गर र अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
शुक्रबार राती कैलालीको गौरीगंगा नगरपालिका – ४ राजिपुरमा पुर्ब तर्फ गईरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पुर्व बाट पश्चिम तर्फ आईरहेको से १ ह २५१० नम्बरकोे अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका – ९ का २४ बर्षीय युवराज चौधरी, सोही ठाउँका २६ बर्षीय भिगम चौधरी र १९ बर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अटोमा सवार ७ जना घाइते भएपनि ३ जनाको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा घोडाघोडि नगरपालिका – ९ कै २४ बर्षीय दिपेन्द्र चौधरी, सोही ठाउँका अटो चालक २२ बर्षीय सुरेश चौधरी, २० बर्षीय असान्त चौधरी र ३० बर्षीय हरी चौधरी रहेका छन । घाईते चारै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विईङ्गर सहचालक जिल्ला कंचनपुरको बेदकोट नगरपालिका १० का २५ बर्षीय धनु रावललाई नियन्त्रणमा लिएको र चालक भने फारार रहेको जनाएको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD