कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

लवाङ्गी पुजाको उद्घाटन गर्न मुख्य मन्त्री भट्ट घोडाघोडी आउंदै

लवाङ्गी पुजाको उद्घाटन गर्न मुख्य मन्त्री भट्ट घोडाघोडी आउंदै
Spread the love

पहलमानपुर, १७ मंसिर ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोभन भट्ट कैलालीको घोडाघोडी आउने भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी ताल तथा मन्दिर परिसरमा हुन लागेको लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सवको उद्घाट्न गर्न मुख्यमन्त्री भट्ट घोडाघोडी आउन लागेका हुन् ।

“हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मुलनाराका साथ घोडाघोडी तथा सांस्कृतिक संरक्षण समाजको आयोजनामा यहि मंसिर २० गते देखी २२ गते सम्म महोत्सव हुन लागेको हो । थारु समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष मार्ग शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमीका दिन यो पूजालाई विशेष महत्त्वका साथ मनाइने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक बुधराम चौधरीले बताए ।

तर पछिल्लो समय विभिन्न ठाउँमा मनोमानी रूपमा यो पर्व मनाउने गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । उनले भने “थारु समुदायले परापूर्व काल देखी नै यो पर्व सीता विवाह पञ्चमीका दिन मनाउँदै आएको हो । तर पछिल्लो समय तिथि मिति बिनै आफू अनुकूल यो पर्व मनाउन थालिएको छ । यो गलत हो, यस्तो अभ्यासले हाम्रो सांस्कृतिक महत्त्व घट्दै जाने डर छ ।” 

यो पर्वमा विशेष गरी थारु समुदायहरूले नयाँ बाली भित्र्याई समेपछि ती अन्नबालीलाई प्रसादको रूपमा देवी देवताहरूलाई ल्याङ्गी गराइने (चढाइने) गरिन्छ । यसका साथै सोही दिन पञ्चतत्व अर्थात् प्रकृतिको पनि पूजन गरिन्छ भने घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ ।

बलि दिने कार्यमा भने थारु मात्र नभई गैर थारु समुदायहरूको पनि बाक्लो सहभागिता हुने गर्दछ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।    

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD