कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

राप्रपाको पहिलो एकता महाधिवेशन सुरू

राप्रपाको पहिलो एकता महाधिवेशन सुरू
Spread the love

काठमाडौँ,१५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन राप्रपाबीच एकता भएपछि बुधबारबाट पार्टीको पहिलो महाधिवेशन सुरू भएको हो ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष पशुपति शम्शेर राणा तटस्थ छन् । उनले सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् । 

यसैगरी अध्यक्ष थापालाई नेताहरु बुद्धिमान तामाङ, उद्धव पौडेल, दीपक बोहोरा, ध्रुव प्रधान, रोशन कार्की र भुवन पाठकको समर्थन रहेको छ ।  झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले १४७ कार्य समितिले चयन गर्ने छ । आजबाट सुरू भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD