कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

मौसम : बर्षा प्रणाली बाहिरियो, घट्दै चिसो, बढ्दै तापक्रम

मौसम : बर्षा प्रणाली बाहिरियो, घट्दै चिसो, बढ्दै तापक्रम
Spread the love

काठमाण्डौ २७ माघ/ पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

बिहिबार काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने शुक्रबार पनि यही हाराहारीमा पुग्ने अनुमान छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, दीपायल र नेपालगञ्जको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र वीरेन्द्रनगरको २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिए । अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उहाँको भनाइ छ । यस्तै, शुक्रबार पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने अनुमान छ । वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD