कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

माओवादी महाधिवेशन: पार्टी छोडेर हिँडेका नेताहरुलाई गद्दार घोषणा गर्न माग

माओवादी महाधिवेशन: पार्टी छोडेर हिँडेका नेताहरुलाई गद्दार घोषणा गर्न माग
Spread the love

काठमाडौं, १४ पौष ।। नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्छ ।’

त्यस्तै उनले पार्टीमा कार्यकर्ता मुल्याङकनको विधि बनाउन पनि माग गरे । ‘कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ’, नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिए । 

प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उनले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताए । भारत र चीनसँगको सम्बन्धका बारेमा पार्टीमा थप व्याख्या आवश्यक रहेको नेम्वाङले सुझाव दिए ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD