कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

माओवादी महाधिवेशनमा आज के भाे ? भाेली के हुन्छ ?

माओवादी महाधिवेशनमा आज के भाे ? भाेली के हुन्छ ?
Spread the love

काठमाण्डाैं, १३ पौष ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ ।

बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले  ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले  विधान मस्यौदा पनि प्रस्तुत गरेका थिए । दुबै प्रस्तावमाथि मंगलबार दिनभर समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।

‘अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्नेछन्’, प्रचारप्रसार उपसमितिले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ।’

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राखेको छन् ।बुधबार दिउँसो १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD