कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

माओवादी केन्द्र द्धारा घोडाघोडीमा निर्वाचन निर्देशिका अभिमुखिकरण

माओवादी केन्द्र द्धारा घोडाघोडीमा निर्वाचन निर्देशिका अभिमुखिकरण
Spread the love

पहलमानपुर, २७ कार्तिक ।। नेकपा माओवादी केन्द्र घोडाघोडी नगर स्तरिय निर्वाचन समितीको आयोजनामा शुक्रवार निर्वाचन निर्देशिका अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको प्रत्यक्ष निर्वाचनबाट हुने सम्पुर्ण तहको सम्मेलन सफल पार्नका निम्ति जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा निर्वाचन निर्देशिका अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

पुसमा हुने राष्ट्रिय सम्मेलन अर्न्तगत आज देखि हुने टोल स्तरको सम्मेलनका लागि तयारी स्वरुप सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको नगर निर्वाचन समिती सदस्य कालीचरण चौधरीले बताए । उनले अभिमुखिकरणमा वडा निर्वाचन समितीका पदाधिकारी, वडा ईन्चार्ज, अध्यक्ष, सचिव र पार्टीका जिम्मेवार सदस्यहरुको उपस्थिती रहेको बताए ।

सो अभिमुखिकरण कार्यक्रमको सहजिकरण पार्टीका नगर निवार्चन समितीका संयोजक धन बहादुर बम, सदस्य मनराज रावल लगायतकाले गरेका थिए । सो कार्यक्रममा पार्टीको वडा देखि केन्द्र सम्मको अधिवेशनमा निर्वाचन समिती र पार्टी सदस्यहरुको काम, कर्तब्य र अधिकारको बारेमा प्रशिक्षण गरिएको थियो ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD