कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

माओवादी केन्द्रको सहि निर्णयले देश ठूलो दुर्घटना बाट जोगियो: इन्चार्ज भट्ट

माओवादी केन्द्रको सहि निर्णयले देश ठूलो दुर्घटना बाट जोगियो: इन्चार्ज भट्ट
Spread the love

धनराज विक, १९धनगढी । नेकपा (माओवादी केन्द्र) को सहि निर्णयले देश ठूलो दुर्घटना बाट जोगिएको (मोओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टले बताए । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले यस्तो बताएका हुन् ।

अमेरिकी सहयोग परियाजना एमसीसीकै कारण देशमा संकटको अवस्था आउन थालेको थियो । परिवर्तन बिरोधी र प्रतिक्रियावादी तत्वलाई खेल्ने मौका नदिन पार्टी अध्यक्ष प्रचण्डले गरेको सहि निर्णयले देशले निकास पाएको बताए । अन्य राजनीतिक दलले जस्ताको तस्तै एमसीसी पास गर्न खोजेको बेलामा व्याख्यात्मक टिप्पणी सहित माओवादीले एमसीसीमा सहमती जनाएको उनले बताए । व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास भएकोले माओवादी सफल भएको छ । प्रचण्डको क्षमता देखेर सबै चकित भएका छन् ।

जनताले प्राप्त गरेको परिवर्तन मााथि प्रहार गर्नेका विरुद्ध प्रतिकार गर्नुपर्नेमा जोड दिए । माओवादीले राष्ट्रको संरक्षण गर्दै आएकोले जनताबाट कसैले पनि माओवादीलाई अलग गराउन नसक्ने भट्टले दाबी गरे । एमसीसीकै कारण नेकपा माओवादी केन्द्र विभाजन नहुने बरु मजबुत भएर अगाडी बढ्ने विश्वास पनि उनले दिलाए ।

भट्टले भने –“नेपालको राजनीति नेता प्रचण्डकै नेतृत्वमा अगाडी बढेकोले प्रचण्ड ईतिहास वर्तमान र भविष्यको राष्ट्र नायक हुन् । अब माओवादी पार्टी नयाँ उचाइका साथ अघि बढ्छ ।” माओवादीलाई कसैले पनि कमजोर बनाउन नसक्ने भट्टले बताए ।

नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष हरीराम चौधरी (उत्सब) ले पहिलो पटक लोकतान्त्रिक प्रक्रिया अनुसार प्रदेश कमिटी चयन भएको बताए । उनले भने –“ सुदूरपश्चिममा ८० हजार पार्टी सदस्य छन् । नेतृत्वको उचित निर्णयले अबको निर्वाचनमा सकारात्मक प्रभाव पर्ने र माओवादी केन्द्रको जीत हुन्छ ।” जनता माओवादीकै पक्षमा रहेकोले परिवर्तन बिरोधी प्रतिक्रियावादीहरु समाप्त भएर जाने चौधरीले बताए ।

नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन भएको करिब तीन महिनापछि सोमबार प्रदेश कमिटीका सदस्यबीच भएको चुनावले नयाँ नेतृत्व चयन गरेको थियो ।

पत्रकार सम्मेलनमा सचिव जनक बहादुर बुढाले यही फागुन १४ गतेदेखि १६ गतेसम्म धनगढीमा भएको दोस्रो पूर्ण बैठकबाट (माओवादी केन्द्र) को इतिहासमा पहिलो पटक बिधान अनुसार पदाधिकारीको निर्वाचन भएको बताए । अध्यक्षमा हरिराम चौधरी (उत्सब) कैलाली, उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर, (बैतडी) विजयी भएको जानकारी दिएका छन् ।

त्यसैगरि सचिवमा जनक बहादुर बुढा (बझाङ), सहसचिवमा नन्द बहादुर साउँद (राजेन्द्र) कैलाली, रामबहादुर देवकर (कंचनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा) विजयी भएको जानकारी दिएका थिए । प्रदेश कमिटी सदस्य (डोटी) का भरत बोहरा (सेवक) लाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नव निर्वाचित पदाधिकारी लाई प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश समितिले सम्मान गरेको थियो ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD