कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

प्रेस युनियन कैलाली साखा देशभरमै उत्कृष्ट घोषित

प्रेस युनियन कैलाली साखा देशभरमै उत्कृष्ट घोषित
Spread the love

कैलाली, ६ श्रावण ।। नेपाल प्रेस युनियन केन्द्रीय समितिले उत्कृष्ट काम गरेको भन्दै प्रेस युनियनको कैलाली शाखालाई सम्मान गरेको छ । बाग्मती प्रदेशको राजधानी हेटौडामा शुक्रबार वाट शुरु भएको नेपाल प्रेस युनियनको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा कैलाली शाखा लाई सम्मान गरीएको हो ।

नेपाली काङ्ग्रेसका उपसभापती पुर्ण वहादुर खड्का, महामन्त्री बिश्वप्रकाश शर्मा, बाग्मती प्रदेशका सभापति ईन्द्र बानिया, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले संयुक्त रुपमा कैलाली शाखा अध्यक्ष श्रवण देउवालाई सम्मान पत्र प्रदान गरेक हुन् ।  नेपाल प्रेस युनियनको विधि विधान अनुसार संगठन सुदृढीकरण,संगठन विस्तार, कोरोनाको कहरमा अग्रपंतिमा रहेर पत्रकारको हक हित र संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै प्रेस युनियनको कैलाली शाखा लाई सम्मान गरिएको हो ।

सम्मान ग्रहण ले आफुहरुमा थप हौसला थपिएको भन्दै कैलाली शाखा अध्यक्ष श्रवण देउवाले आगामी दिनामा पत्रकार र पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि थप सकृय भएर अघी वढ्ने वताए । सम्मान पत्रमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देल र नेपाली काङ्ग्रेसका सभापती तथा प्रधानमन्त्री शेर वहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD