कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

पत्रकार प्रकाश मिश्रलाई प्रेस सेन्टर सुदूरपश्चिम समिती द्धारा स्वागत

पत्रकार प्रकाश मिश्रलाई प्रेस सेन्टर सुदूरपश्चिम समिती द्धारा स्वागत
Spread the love

पहलमानपुर, २० भदौं ।। एमाले निकट प्रेस चौतारीबाट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका पत्रकार प्रकाश मिश्रलाई स्वागत गरिएको छ । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितीको बैठकमा सोमवार उनलाई स्वागत गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) निकट सो पत्रकार संगठनका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल) ले मिश्रलाई स्वागत गरेका हुन् । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका केन्द्रिय निर्वाचन आयोगको उपाध्यक्ष रहेका पत्रकार मिश्र माओवादी केन्द्रमा जेठ २० गते प्रवेशका थिए ।

उनलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहल प्रचण्डले आफ्नो निवास खुमलटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश पश्चात पत्रकार मिश्रलाई आज मात्रै प्रेस सेन्टर नेपालमा औपचारिक स्वागत गरिएको छ । बैठकमा उनलाई प्रेस सेन्टर नेपालमा उचित जिम्मेवारीका लागि समेत छलफल गरिएको छ ।

Dinesh Add

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD