कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

धनगढी पुगेका राप्रपा अध्यक्ष लिंगदेलले भने–‘देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको छ’

धनगढी पुगेका राप्रपा अध्यक्ष लिंगदेलले भने–‘देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको छ’
Spread the love

धनगढी, २२ पुस/ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् । बिहिबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्गदेनले सो कुरा बताएका हुन् ।

अहिलेका राजनीकि दलका नेताहरुले राजनीतिलाई पैशा कमाउने पेशा बनाएको प्रति आक्रोश व्यक्त गर्दे अब ति काँग्रेस कम्न्युष्टका बिरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताएका छन् । यसको राप्रपाले कडा प्रतिबाद गर्छ यसका बिरुद्धमा सडक संघर्ष सम्म पनि जान कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।

अध्यक्ष लिङ्गदेनले राप्रपा पार्टीमा जसरी नेतृत्व परिवर्तन गर्‍यो त्यसरी जनमतको कदर गर्दै अब देश शत्ता परिवर्तन गर्ने समेत चेतावनी दिएका छन् । देश बिग्रीए संगै लाखौ युवाहरुको भविश्य पनि अन्धाकार तर्फ धकेलिदैछ त्यसैले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्न समेत लिङ्गदेनले आग्रह गरे ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD