कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

धनगढी पुगेका एमाले नेता रावलले भने–‘एमाले फुटाएर अर्को पार्टी खोल्नु नै ठुलो भुल’

धनगढी पुगेका एमाले नेता रावलले भने–‘एमाले फुटाएर अर्को पार्टी खोल्नु नै ठुलो भुल’
Spread the love

धनगढी, २९ भाद्र/ एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले एमाले फुटाएर अर्को पार्टी खोल्नु नै ठुलो भुल भएको बताएका छन् । माधव नेपालको समाजवादीलाई लक्षित गर्दे रावलले भने, ‘गठबन्धन गरेर काँग्रेस बिचर मिल्नु भन्दा काँग्रेस नै भए हुने नी’ सर्वोच्च अदालतको फैसला पछि सबै पार्टीका कार्यकर्ताहरु एक ठाउमा नआउनु नै ठुलो भुल गरेका छन् उनको भनाई छ ।

मंगलबार धनगढी आएर कार्यकर्ता सम्बोधन गर्दै डा. रावलले एमालेका नेता कार्यकर्तालाई एक जुटभई पार्टी बलियो बनाउन तर्फ लाग्नु पर्ने बताए । उनले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताउदै केही स्वार्थी पदका लोभीहरु आफ्नो भाग खोसिने हुनेले अनेक हल्ला गरिरहेको बताए । नेता रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा गएका सुदूरपश्चिमका नेताहरुलाई इंकित गर्दै रावलले भने, ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु। यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे। तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’

काँग्रेसमा आफ्नै समस्या छ अनि कसरी समाजवादी र माओवादीलाई मिलाउछ उनको प्रश्न थियो । उनले भने महाकाली, गण्डकी र एससीसीको पक्षधर काँग्रेससित कसरी मिल्नु हुन्छ, यो कस्तो सिद्धान्त हो त्यो भन्दा त काँग्रेस भए पनि भयो नि ।उनले एमालेबाट जितेर समाजवादीमा लाग्नेलाई जनताले चुनावमार्फत दण्ड दिने ठोकुवा गरे ।रावल आफ्नो गृह जिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि धनगढी आएका छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD