कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

धनगढीको मेयरमा माओवादीबाट अधिकारीको नाम सिफारिस

धनगढीको मेयरमा माओवादीबाट अधिकारीको नाम सिफारिस
Spread the love

कैलाली, ३ बैशाख ।। नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए । उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डामा भने सहमति जुटेको छैन । ‘गठबन्धन भएको अवस्थामा परिस्थिति फरक होला । तर एक्लै चुनाव लड्नुपर्ने परिस्थितिमा उहाँहरुमध्येबाटै उम्मेदवार बनाएर प्रतिस्पर्धामा जान्छौँ ।’ भट्टराइले भने । गठबन्धनमा भएको सहमतिका आधारमा नगरले सिफारिसका आधारमा पार्टीले उम्मेदवार टुङ्ग्याउने उनले बताए ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD