कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस वर्ष हुने

दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस वर्ष हुने
Spread the love

धनगढी,१९ पुस ।  कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले आगामी माघको तेस्रो साताबाट महोत्सव लगाउने तयारी थालेको छ।

यद्यपि महोत्सवको मिति भने सार्वजनिक गरिएको छैन ।  हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड-१९ का कारण हुन सकेको थिएन।

यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको मिति आज बस्ने बैठकले सार्वजनिक गर्नेछ । आज दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको बैठक बस्दै छ । 

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD