कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

दुई मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

दुई मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते
Spread the love

१२ मंसिर, धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो घोडाघोडी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा बेलारबाट सुखडतर्फ आइरहेको से ६ प ६९० नम्बरको मोटरसाइकल, से ६ प ९२३९ को स्कुुटर र विपरीत दिशाबाट आइरहेको अनटेष्ट मोटरसाइकल ठोक्किदा अनटेष्ट मोटरसाइकलका चालक घोडाघोडी नगरपालिका–१ बस्ने २० वर्षीय रुद्र बोहराको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

सोही मोटरसाइकलको पछाडि सवार घोडाघोडीकै १८ वर्षीय सन्जु शाही गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनामा परेर से ६ प ६९० नम्बरको मोटरसाइकल चालक घोडाघोडीका २५ वर्षीय लक्ष्मीराम चौधरी र उनकी श्रीमती सुनीता चौधरी घाइते भएका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD