कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

थारु राष्ट्रिय मुक्ति मोर्चा घोडाघोडी नगर कमिटीको सम्मेलन फागुन ७ गते हुने

थारु राष्ट्रिय मुक्ति मोर्चा घोडाघोडी नगर कमिटीको सम्मेलन फागुन ७ गते हुने
Spread the love

३ फागुन,सुखड । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा घोडाघोडी नगरकमिटीको नगर सम्मेलन आउँदो शनिवार अर्थात् फागुन ७ गते हुने भएको छ । नगरपालिकाको वडा नम्बर ११ मा सो कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्व चयन गरिने मोर्चाले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

२०५४ सालमा कैलालीमा गठन भएको सो मोर्चाले जिल्लाका अन्य पालिकाहरूमा अधिवेशन सम्पन्न गरिसकेको छ । थारु समुदायको हरेक गतिविधिहरूको निगरानी गर्दै गलत संस्कारका विरुद्ध जुझारु रूपमा काम गरिरहेको सम्मेलन आयोजक कमिटी अध्यक्ष शङ्कर डगौराले बताए । थारु संस्कार र संस्कृतिको संरक्षण, आपसी मेलमिलाप र एकताका लागि समुदायमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 

घोडाघोडी नगर कमिटीको सम्मेलन सम्पन्न गरे लगत्तै टिकापुरमा राष्ट्रिय सम्मेलन गर्ने तयारी पनि भइरहेको मोर्चाका कैलाली जिल्ला इन्चार्ज खुसीराम चौधरीले जानकारी दिएका छन् । सो राष्ट्रिय सम्मेलनमा २२ जिल्लाका करिब २ लाखको सहभागिता हुने बताइएको छ । समुदायमा देखिएका विकृति र विसङ्गति विरुद्ध मोर्चा कडा रूपमा लाग्ने जनाइएको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD