कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
Spread the love

डोटी, १३ कार्तिक । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं. ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । यस्तै, करेन्ट लागेर सोही वडाका एक जना सोही समयमा घाइते भएका छन् ।

शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् । घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।

असोज ३१ गते देखि कार्तीक ३ गते सम्म निरन्तर आएको वर्षा, बाढी र पहिरोका कारण विद्युत सेवा अवरुद्ध भयो । दुई साता सम्म सो क्षेत्रमा अवरुद्ध रहेको विद्युत सेवा शुक्रबार मात्रै सुचारु गरियो । डोटी वितरण केन्द्र दिपायलका प्रमुख राजेन्द्र लाल देवका अनुसार दिउँसो २ बजेर ३४ मिनेटमा विद्युत लाइन टेस्टका लागि करेन्ट छोडियो । १५ मिनेट भित्रै लाईन डाउन भएको उनले बताए । सोही अवधिमा मोवाइन चार्ज लगाउन खोज्दा करेन्ट लागेर रोस्याराको मृत्यु भयो भने साउद घाइते भए ।

चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा करेण्ट सर्ट भई करेन्ट लागेको घाइते साउदले बताए । मृतक महिलाका परिवारले पनि मोवाइल चार्ज गर्ने क्रममै करेन्ट लागेको बताए । दुबै जनालाई एकै समयमा करेन्ट लागेकाले एक्कासी विद्युतको लाइन छोड्दा हाई भोल्टेज प्रभाह भएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

लामो समय विद्युत अबरुद्ध भए वा बिग्रिएको ठाउँबाट पुनः लाइन दिदा एक्कासी हाई भोल्टेज प्रवाह हुने सम्भावना रहने डोटी वितरण केन्द्र दिपायलका प्रमुख राजेन्द्र लाल देवले बताए । सबै तीर विद्युतका कर्मचारीले चेकजाँच गरेर लाइन दिएको उनको भनाईछ । करेन्ट कसरी लाग्यो भन्ने प्रश्नमा उनले भने,‘मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको भन्ने छ, त्यसको छानविनका लागि माथिबाट टोली आउछ , प्राविधिकहरु खटाउँछौं अनि मात्रै थाह हुन्छ ।’

विद्युत सुचारु हुने र एक्कासी करेन्ट आउदा हुनसक्ने खतराका बारेमा सूचना प्रभाह नभएका कारण दुर्घटना भएको स्थानीयहरुको गुनासो छ । डोटीमा विद्युत जाने, आउने बारे उपभोक्तलाई कुनै जानकारी नै हुँदैन । यसरी जानकारी विना विद्युत आउने जाने गरेका कारण विद्युतीय उपकरणहरु विग्रीने गरेको व्यापारीहरुको गुनासो छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD