कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

चर्रा गाउँकाे भल्मन्सामा जंग बहादुर कठरिया सर्वसहमत चयन

चर्रा गाउँकाे भल्मन्सामा जंग बहादुर कठरिया सर्वसहमत चयन
Spread the love

जय कठरिया, चर्रा, ८ माघ ।। कैलाली जिल्लाकाे भजनी नगरपालिका वडा नं. ७ स्थित चर्रा गाउँकाे भुराखेल आज सम्पन्न भएकाे छ । साे गाउँकाे आज भएकाे भुराखेलबाट भल्मन्सामा जंग बहादुर कठरिया, लिखन्दारमा ओम प्रकाश कठरिया र चाैकिदारमा अमन कठरिया चयन भएका छन् ।

गाउँकाे गुरुवाकाे रुपमा बर्दगाेरिया गाउँपालिका वडा नं. ६ सुवरखालका शंकर कठरिया चयन भएका छन् । यस्तै साे गाउँकाे भेलामा गत बर्ष भए गरेका प्रगति विवरण सार्वजनिक गरिएकाे छ । निवर्तमान भल्मन्सा अनि कुमार कठरियाले आफुहरुले सक्दाे गाउँकाे हितमा कार्य गर्ने प्रयास गरेकाे बताए । यसका साथै उनले नयाँ चयन भएका सम्पूर्ण टिमहरुलाई बधाई सहित सफलताको शुभकामना ब्यक्त गरेका थिए । भल्मन्सा आफैमा सबैथाेक नभएकाे र भल्मन्सालाई समेत कार्यसम्पादन गर्न गाउँलेहरुकाे साथ,सहयोग आवश्यक पर्ने भएकाले साेका लागि सबैले सहकार्य गर्नु पर्ने उनले बताए ।

थारु समुदायले माघे संक्रान्ति अर्थात माघी पर्वलाई आफ्नै माैलिक परम्परा अनुसार मनाउने गर्दछन् । याे पर्वलाई नयाँ वर्षकाे रुपमा मनाउने साे समुदायले यसै बखत हरहिसाव र नेतृत्व समेत फेरवदल गर्ने गर्दछन् । साेहि नयाँ नेतृत्व चयन, नविकरण प्रक्रियालाई नै भुराखेल भन्ने गरिन्छ । जुन माघ महिना भरि नै चल्ने गर्दछ ।

magh suvakamana

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD