कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

घोडाघोडीमा संचालित ४५ दिने ब्युटिपार्लर तथा हेयर कटिङ्ग तालिम सम्पन्न

घोडाघोडीमा संचालित ४५ दिने ब्युटिपार्लर तथा हेयर कटिङ्ग तालिम सम्पन्न
Spread the love

पहलमानपुर, २५ भदौं ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा किशोरीहरुका लागि संचालित ४५ दिने ब्युटिपार्लर तथा हेयर कटिङ्ग तालिम शनिवार सम्पन्न भएको छ । एनआरएन वुमन फोरम स्विजरल्याण्डको आर्थिक सहयोगमा न्यु दिपा ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा संचालित तालिम आज सम्पन्न भएको हो ।

सो तालिमका मुख्य प्रशिक्षक तथा न्यु दिपा ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरका संचालिका शोभा विनाडीको सभापतित्वमा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझा रहेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओझाले किशोरीहरुका लागि संचालित तालिमले उनिहरुलाई आत्मानिर्भर बनाउन सहयोग पुर्‍याउने भएकाले सहभागिहरुले आफुले सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागु गर्नुपर्ने सुझाए । साथै उनले हाम्रो समाजमा ब्याप्त गरिबी र बेरोजगारीलाई बिस्तारै कम गर्दै लैजान यि अनि यस्ता सिपमुलक तालिमले ठुलो भुमिका समेत खेल्ने बताए ।

यस्तै तालिमकी प्रशिक्षक शोभा विनाडीले आफुले सिकेको ज्ञान, सिप अरुलाई समेत सिकाउने अवसर प्रदान गर्ने संघ, संस्थाहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोगको अपेक्षा गरेकी थिइन् । सो तालिममा घोडाघोडी नगरपालिकाका विभिन्न वडाका सात जना किशोरीहरुको सहभागिता रहेको थियो ।

Dinesh Add
garima 1
zero emission ride n poster 1
jagattara

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD