कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

घोडाघोडीमा राष्ट्रिय जनगणनाका लागि गणक तालिम सुरु

घोडाघोडीमा राष्ट्रिय जनगणनाका लागि गणक तालिम सुरु
Spread the love

कार्तिक १३ सुखड- कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रिय जनगणनाका लागि चार दिने गणक तालिम सुरु भएको छ । शनिवार बाट सुरु भएको तालिम मङ्गलवार सम्पन्न हुनेछ ।

स्थानीय जनगणना कार्यालय सुखडको आयोजनामा चार दिने गणक तालिम सुरु भएको हो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले ४ दिने गणक तालिम उद्घाटन गरेको थिए कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले तालिम पछि प्रत्येक घरपरिवारमा पुगेर सत्य तथ्य कुरा फाराममा भर्न गणकहरूलाई आग्रह गरेका छन् ।

घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिका भित्र बाट छनौट भएका १३० जना गणक रहेका छन् । चार दिने तालिममा गणकको काम, कर्तव्य, अधिकार तथा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइनेछ । तालिममा परिवारको कल्पना गरेर फाराम भर्न, गणक–गणकबिच लोक अन्तर्वार्ता लिन र तालिम अवधिभर पाँच पटकसम्म अभ्यास गराइने स्थानीय जनगणना कार्यालय सुखडका फोकल पर्सन उमेश राज रेग्मीले बताए ।

तालिम पछि यही कात्तिक २५ गतेबाट मङ्सिर ९ गतेसम्म हुने मूल जनगणनामा तिनै सुपरिवेक्षक र गणक खटिने भएका छन् । नेपालमा विसं. १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यस पटकको जनगणना नेपाल सङ्घीय प्रणालीमा बदलिए पछिको पहिलो हो । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित हुने जनगणनाले प्रत्येक वडाको जनसङ्ख्या, जातजाति, भाषा, धार्मिक, सांस्कृतिक, आर्थिक पक्ष समेट्ने विभागको दाबी रहेको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD