कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

गौरीगंगामा बालबालिकाको अवस्था विश्लेषण तथा सुझाव संकलन कार्यक्रम

गौरीगंगामा बालबालिकाको अवस्था विश्लेषण तथा सुझाव संकलन कार्यक्रम
Spread the love

२१ भदौ, चौमाला ।। कैलालीको गौरीगंगा नगरपालिका स्तरमा बालबालिकाको स्थानीय अवस्था विश्लेषण प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । बाल मैत्रि नगरपालिका बनाउन बालबालिकाको क्षेत्रमा देखिएका समस्या चुनौती र पालिका तहमा संचालन गर्ने योजना निर्माणका लागि कार्यक्रम गरिएको हो ।

नगरपालिका भित्रका सम्पूर्ण वडामा अभिभावक, बालबालिका र जनप्रतिनिधि बिचमा गरिएको सर्वेक्षणमा बालबालिकामा देखा परेका समस्याको न्यूनीकरणका योजना तय गर्न कार्यक्रम गरिएको थियो । नगरपालिकामा बाल बिबाह, लागू पदार्थ दुर्व्यसन, बाल श्रम शोषण र सकारात्मक अभिभावकत्व अभावले बालबालिकाको संरक्षणमा चुनौती रहेको पाईएको छ ।

कार्यक्रम समापन गर्दै नगर उप–प्रमुख अंचला चौधरीले पालिका तहबाट गर्नुपर्ने काम संघ संस्थाको सहयोग समन्वयमा योजना निर्माण कार्य भैरहेको र संचालन तथा कार्यान्वयनमा लैजान सम्बन्धित शाखाले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकि छिन् ।

बाल कल्याण संघ टिकापुर र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारी र गौरीगंगा नगरपालिकाको आयोजनामा भएको दुई दिने कार्यक्रममा बालकल्याण संघका बाल संरक्षण अधिकृत पदम राज भट्टले सहजिकरण गरेका थिए ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD