कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

गहुँका लागि मल अभाव

गहुँका लागि मल अभाव
Spread the love

कैलाली, १४ कार्तिक ।। किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन । गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले भने, “गहुँ छर्ने बेला भइसक्यो तर डीएपीको मौज्दात पर्याप्त छैन । हामीले कृषि मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । ” कृषिमन्त्री महिन्द्रराय यादवलाई नै भेटेर मलको अवस्थाबारे जानकारी गराइसकेको र मन्त्री यादवले किसानलाई मलको अभाव हुन नदिने गरी मन्त्रालयले पहल गरिरहेको जानकारी आफूलाई गराएको उनले बताए ।

मन्त्री यादवले मलका लागि भारत र चीनलाई आग्रह गरेर भए पनि किसानलाई समयमा मल उपलब्ध गराउने भन्नुभएको छ र आफूहरू आशावादी रहेको उनले बताए । गहुँका लागि ५० हजार मेट्रिक टन डीएपी चाहिन्थ्यो तर वर्षाले धान बालीमा नोक्सान भएकाले यस पटक बढ्न सक्ने सम्भावना छ । त्यसैले थप मलको आवश्यकता हुन सक्ने उनले बताए । पीडित किसानलाई मलमा सहुलियत दिने कुरा पनि भइरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारीले गहुँ छर्ने बेला हुन गइरहेको छ तर आफूहरूसँग अलिकति पनि डीएपी मौज्दात नरहेको बताए ।मलको अवस्थाबारे सरकारलाई पनि थाहा छ, आफूहरूले पटकपटक जानकारी गराएकै हो ।

सरकारले के गरिरहेको छ, त्यो आफूहरूलाई थाहा हुने कुरा नभएको उनले ए । उनका अनुसार रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य अत्यधिक बढेका कारण पटकपटक टेन्डर रद्द हुन्छ । टेन्डर पाए पनि ढुवानी कम्पनीले मल ल्याउन चाहिरहेका छैनन् । त्यसले गर्दा मलको अभाव देखिन थालेको हो । गोरखापत्रबाट

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD