कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

गठबन्धनलाई निर्वाचन मार्फत विदाइ गर्नुपर्छ : ओली

गठबन्धनलाई निर्वाचन मार्फत विदाइ गर्नुपर्छ : ओली
Spread the love

कैलाली, २२ बैशाख ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई निर्वाचन मार्फत विदाइ गर्नुपर्ने बताएका छन । बिहीबार कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलको गठबन्धन स्वार्थका लागि बनेको बताएका हुन् । उनले स्वार्थका लागि बनेको गठबन्धनलाई निर्वाचन मार्फत विदाइ गर्नुपर्ने बताए ।

उनले भने, ‘गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, उद्देश्य नभएको, बाटो नै नभएको सरकारमा पुग्ने र पुगेपछि आफ्ना मानिसलाई उद्दार गर्ने, व्यवस्थापन गर्ने नातागोताको व्यवस्थापन गर्नका लागि मात्रै हो । यसलाई निर्वाचनबाट विदा गर्नुपर्छ ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको बताए । देशको अहिलेको आवश्यकता स्थिरता र स्थायित्व भएको भन्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा मुलुक बनाउने पार्टी एमालेले जित्नुपर्छ की अस्थिरता ल्याउनेले जित्ने भन्ने फैसला जनताले गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति आफू दुःखी भएको बताए । उनले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताए । उनले एमालेले द्वन्द्व र सामाजिक सद्भाव बिगार्ने काम कहिल्यै नगर्ने बताए ।

amale final

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD