कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

कैलालीमा स्वास्थ्य स्वयं सेविकालाई साईकल वितरण

कैलालीमा स्वास्थ्य स्वयं सेविकालाई साईकल वितरण
Spread the love

२८ भदौ, मसुरिया ।। कैलालीको गौरीगंगा नगरपालिकाको सहयोगमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साईकल वितरण गरिएको छ । सोमबार मसुरिया स्वास्थ्य चौकीमा एक समारोहका बीच ४२ जना स्वयं सेविकालाई साईकल प्रदान गरिएको हो ।

स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै साईकल वितरण गरिएको वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् । अब आउने समय मानव स्वास्थ्यमा चुनौतीपूर्ण रहेको र ग्रामीण बस्तीमा छिटो छरितो सेवा पुर्‍याउन महिला स्वास्थ्य स्वयं सेविकालाई साईकलले सहयोग पुग्ने विश्वास लिईएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । मसुरिया स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्तले स्वागत गरेको कार्यक्रमको संचालन भुपेन्द्र शाहले गरेका थिए ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD