कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

कैलालीको सुन्दरपुरमा आजबाट लवाङ्गी सांस्कृतिक कार्यक्रम हुंदै

कैलालीको सुन्दरपुरमा आजबाट लवाङ्गी सांस्कृतिक कार्यक्रम हुंदै
Spread the love

कैलाली, १६ मंसिर ।। कैलालीको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरमा आजबाट चौथो लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित आजबाट २ दिने सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

लवाङ्गी सांस्कृतिक कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य हरि राम चौधरी ‘उत्सव’ द्वारा हुने आयोजकले जनाएको छ । कार्यक्रम अतिथीहरुमा वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर ऐर लगायत थारु बुद्धिविजी, समाजसेवि, अगुवा, बडघर, भल्मन्सा, गुरुवाहरु रहने जनाइएको छ ।

साथै कार्यक्रममा कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने जनाइएको छ । कलाकारहरुमा थारु लोक गायक मनिराम चौधरी, मोडल महिमा कुश्मी, सुनिता चौधरी, बीर चौधरी, घोडाघोडी नाट्य समूहको नाच, फुल कुमारी, गायक राजु चौधरी, गायिका संगीता चौधरीको बेजोड प्रस्तुती रहने मिडिया संयोजक दिनेश दहितले जनाएका छन् ।
त्यस्तै आदर्श महतो डान्स ग्रुप, आइसा चौधरी, गायक खुशी रत्गैया, अञ्जन चौधरी, तुफान चौधरीको पनि वेजोड प्रस्तुती रहने मिडिया संयोजक दहितले जानकारी दिए । कार्यक्रमको उद्घोषक सुनिता चौधरी रहेकी छिन् । थारु गुरुवा बदैवा समाज सेवा समिति कैलालीको आयोजनामा हुने कायक्रमलाई विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।

कार्यक्रममा नेपाल टेलिकमले निशुल्क सिम बितरण गर्ने

यस्तै, लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ मा नेपाल टेलिकमले निशुल्क मोवाइएल सिम बितरण गर्ने भएको छ । नेपाल टेलिकम अत्तरियाका क्षेत्रिय निर्देशक नामाकार न्यौपाने र लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ का मिडिया संयोजक दिनेश दहित बिच कार्यक्रममा निशुल्क सिम उपलब्ध गराउने सम्झौता भएको हो ।

टेलिकमले लवाङ्गी सांस्कृतिक कार्यक्रमका लागि पाँच सय निशुल्क सिम उपलब्ध गराउने सम्झौतामा उल्लेख रहेको संयोजक दहितले जानकारी दिए । उनका अनुसार निशुल्क सिम लिने व्यक्तीले नागरिकताको प्रतिलिपी र एक प्रति फोटो ल्याउनुपर्ने बताइएको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD