कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

कैलालीको गेटामा गाडीले कुल्चिएर एक जनाको मृत्यु

कैलालीको गेटामा गाडीले कुल्चिएर एक जनाको मृत्यु
Spread the love

धनगढी, १७ मंसिर । कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । प्रहरीले मनहरा पुल नजिक राति करीव १०ः३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

गाडीको पांग्राले कुल्चिएका कारण अनुहार क्षतबिक्षत छ । जस कारण मृतकको पहिचान हुन सकेको छैन । साथै ती युवकलाइ कुल्चिने गाडीको समेत पहिचान हुन सकेको छैन । यद्दपि अत्तरीयाबाट धनगढी आउदै गरेको गाडीले ती युवकलाई कुल्चिएको प्रहरी अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले मृतकको पहिचानका लागि प्रयास जारी रहेको र गाडीको पनि खोजी तिब्र पारिएको बताए ।मृतकको साथमा व्याग रहेको र व्यागसंगै रक्सीको बोतल समेत बरामद भएको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD