कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

कृष्णपुर नगरपालिकाले कृषकलाई परिचय पत्र प्रदान गर्ने

कृष्णपुर नगरपालिकाले कृषकलाई परिचय पत्र प्रदान गर्ने
Spread the love

कञ्चनपुर, १९ फागुन ।। कृष्णपुर नगरपालिकाले कृषकहरुलाई परिचयपत्र प्रदान गर्ने भएको छ । नगरपालिकाले कृषि ऐन २०७८ अन्र्तगत रहेका नगरपालिका भित्र रहेका कृषकहरुको पहिचान गरी उनिहरुलाई कृषक परिचय पत्र प्रदान गर्ने अभ्यास सुरु गर्न लागेको हो ।

कृषकहरुलाई परिचय पत्र प्रदानका लागी नगरपालिकाले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग सम्झौता गरेको छ । नगरपालिकाले नगरसभामा पास गरेको कृषि ऐन २०७८ अनुसार कृषकहरुको कृषि पेशा संरक्षणका लागी परिचय पत्र वितरण गर्ने योजना बनाईएको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए । उनले महासंघ सँग परिचय पत्र वितरणका लागी अभ्यास थालिएको बताए ।

राज्यले अगिंकार गरेको कृषिनीतिमा उल्लेखित किसानको हकहित संरक्षण एवम् सम्वद्र्धन गर्दै किसानको पहिचान र वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराईने नगरप्रमुख हमालले बताए । उनले नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्यले पनि उक्त अभ्यास सुरु गरिएको बताए ।

नगरभित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि नगरपालिकासँग सम्झौता भएको महासंघका सुदुरपश्चिम अध्यक्ष प्रकाश थापाले जानकारी दिए । उनले केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजीकरण गर्ने बताए ।

कृषि प्रणालीलाई दिगो बनाउनुका साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलेर महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको उनले बताए ।

उनले नेपालको संविधान प्रद्धत्त किसानको मौलिकहक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धीहकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न पनि किसान परिचय पत्रको अभ्यास थालिएको बताए ।
उक्त अभ्यासले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने उनले बताए ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD