कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

कृषक भन्छन्– खेति गर्न नसकिने भो !

कृषक भन्छन्– खेति गर्न नसकिने भो !
Spread the love

पहलमानपुर, २८ मंसिर ।। खेतको विचमै एउटा खरले छाँएको सानो झुपडी छ, त्यहि झुपडीमा रात कटाउँछन् रामदिन । बढ्दै गएको चिसोमा पनि रात भरि त्यहि झुपडीमा बस्न बाध्य छन् उनि । चिसो भन्दा पनि उनलाई अरु कुनै चिन्ता बढि छ । उनलाई के बाध्यता आइलाग्यो भन्दा यि सबैको एउटै कारण हुन् छाडाचौपाया ।

हुलका हुल छाडाचौपायाहरु खेतमा हुर्किदै गरेका गहुँबालीमा नोक्सान गर्न थालेपछि रामदिन खेतमा बस्न बाध्य भएका हुन् । उनि भन्छन् ‘गाई गोरुहरु दिनमा भन्दा रातमा बढि नोक्सान गर्दछन्, केहि खान्छन्, केहि कुल्चिन्छन् । हैरानै बनाए ।’ थोरै खेत छ, त्यसमा गहुँ छरेका छौं, खै रोटी खान पाईंन्छ कि नाई ?

gg 12 3

कैलाली घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैया टोल बस्ने रामदिन कठरियाको मात्रै हैन् यस क्षेत्रमा अधिकांस कृषकहरुले गहुंबाली यसरी नै जोगाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । ‘घर नजिकै छरेको गहुँवाली पनि जोगाउन गाह्रो छ, सुतेको समयमा सबै चौपायाहरुले सखाप पर्ने पो हुन् कि चिन्ता लागि रहन्छ’ अर्का कृषक राजेश कठरिया दुखेसो सुनाउँछन् । उनि भन्छन् राती पनि जाग्राम भई बस्नु पर्छ, समय समयमा खेत तिर चौकीदारी गर्नु पर्छ, यस्तो हालतमा कसरी खेति गर्ने ।

छाडाचौपाया नियन्त्रणको विषयमा स्थानिय सरकारले यो समस्या एक ठाउँको मात्रै नभएर सबै ठाउँको साझा समस्या भएको भन्दै पन्छिंदै आएको छ । बारम्बार व्यवस्थापन गर्ने आश्वासन दिएतापनि व्यवस्थापनमा अनेकौं चुनौती भएको सम्बन्धित निकायको भनाई छ ।

धानवालीमा ठुलो नोक्सानी व्यवहोरेका कैलालीका कृषकहरु सधैंभरि विभिन्न खाले मारमा पर्दै आएका छन् । यहाँका कृषकहरुले कहिले मलखाद, विउविजन नपाईनु, त कहिले सिंचाई सुविधा नहुनु, कहिले उत्पादिन बस्तुको बजार नपाउनु, कहिले जंगली जनावर, छाडा चौपायहरुले अन्नबाली नोक्सान गर्नु जस्ता अनेकन समस्या भोग्दै आएका छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD