कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

एमसिसी संशोधनबिना अनुमोदन गर्न सकिँदैन : माधव नेपाल

एमसिसी संशोधनबिना अनुमोदन गर्न सकिँदैन : माधव नेपाल
Spread the love

धनगढी, १३ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट एमसिसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।

“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्दछ”, उनले भने, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ। परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ।” अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पारे।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD