पहलमानपुर, १७ श्रावण ।। कैलालीमा ३ हजार ९ सय जना बालबालिकाहरुलाई सरसफाई तथा स्वच्छता सामाग्री बितरण गरिएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघको संयुक्त साझेदारिमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत विभिन्न पालिकाहरुका ती बालबालिकाहरुलाई साे सामाग्री वितरण गरिएकाे हाे ।
जस अनुसार परियोजना संचालन भएको टीकापुर नगरपालिकाको ६,७,८, ९ वडा, भजनी नगरपालिकाको १,२,३,४,५,७ र ९ वडामा दर्ता भएको २ हजार ८ सय आर्सी बालबालिका र १ हजार १ सय जना सिमान्तकृत, अपाङ्गता भएका, बिपन्न, दलित, मुक्तकमैया र अति जोखिममा परेको गरि ३ हजार ९ सय जना बालबालिकाहरुलाई सम्बन्धित वडा कार्यालयकाे समन्वय र सहकार्यमा सरसफाई तथा स्वच्छता सामाग्री बितरण गरिएको परियोजनाका कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले बताए ।
बषार्तको समयमा विभिन्न सरुवा रोगहरु लाग्ने हुनाले साे बाट बच्नका लागि ब्यक्तिगत सरसफाई गर्न बालबालिकाहरुको बानिको विकास होस् भन्ने उदेश्यले सरसफाई तथा स्वच्छता सामाग्री वितरण गरिएको उनले बताए ।
उक्त सामाग्री वितरण गर्ने क्रममा बालबालिकाहरुलाई डेङ्गु रोग र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुबारे सचेत गराउँदै छलफल समेत गराईएकाे थियाे ।

