Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

२५ गते देखि ‘बरल टीकापुर’ नामक साहित्यिक आन्दोलन

0 64

कैलाली, २४ श्रावण ।। थारु लेखक संघ कैलालीले साहित्यिक आन्दोलन गर्ने भएको छ । संघको धनगढी उपमहानगरपालिका १४, सी गाउँ फुलवारीमा भएको बैठकले ‘बरल टीकापुर’ नामक साहित्यिक आन्दोलन गर्ने निर्णय गरेको छ ।

संघले यहि श्रावण २५ गते देखि भाद्र १० गतेसम्म ‘बरल टीकापुर’ नामक १५ दिने साहित्यिक आन्दोलन गर्ने सचिव अनिल कुमार कुश्मीले जानकारी दिए । साहित्यिक आन्दोलनका लागि संघले टीकापुर घटनासँग सम्बन्धित प्रगतिवादी क्रान्तिकारी लेख रचना उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

केही दिन अघि थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि टीकापुर विद्रोह दिवस मनाउने उद्घोष गरिसकेको छ । मोर्चाले भदौ ७ गते टीकापुर विद्रोह दिवस र संविधान जारी भएको दिन असोज ३ गते कालो दिन मनाउने भएको छ । टीकापुर घटनालाई लिएर मोर्चा लगायत कलाकार तथा साहित्यकारहरुले आआफ्नो क्षेत्रबाट प्रत्येक वर्ष विद्रोह दिवस मनाउँदै आएका छन् ।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन विहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।

School
टिप्पणीहरू
Loading...