काठमाडौं, ३० फागुन ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हलो चुनाव चिह्न नपाए चुनाव हुनै नदिने चेतावनी दिएका छन्। आज (सोमबार) बर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै हलो चिह्न आफ्नो पार्टी भएको बताउँदै हलो चिह्न नपाए चुनाव हुन नदिने बताएका हुन्।
‘आगामी स्थानीय तहको निर्वाचनमा हलो चुनाव चिह्न दिइएन भने चुनाव बहिष्कार होइन चुनाव हुनै दिँदैनौँ,’ उनले भने, ‘हाम्रो पार्टीलाई मूलधारबाट पर धकेल्न खोजिएको छ। यो स्वीकार्य हुँदैन। राप्रपामाथि षडयन्त्र भइरहेको छ।’
