Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्वतन्त्र मेयर हमालकाे कमाल: सडक बिग्रेकाे खबर आएकाे २४ घण्टा भित्रै मर्मत

0 40

कैलाली, १६ असार ।। धनगढी उपमहानगरपालिकाले गुनासो आएको २४ घण्टा नवित्दै सडक ग्राभेल गरेको छ । धनगढी उपमहानगरपालिका–१५ वडा कार्यालयदेखि वडा नं १६ भादा जोडने कालोपत्रे सडकसम्मको उर्मा सडकमा ग्राभेल गरिएको हो । शुक्रबार मात्र सामाजिक सञ्जालमा हिलाम्मे सडक भएको भन्दै गुनासो गरिएको थियो ।
यो सडक विभाग अन्तर्गतको निर्माणाधीन सडक हो । धेरै पटक सडक विभाग र निर्माण कम्पनीलाई आग्रह र गुनासो गर्दा पनि समयमै निर्माण नभई रहेको २ महिना अगाडि देखि नै स्थानीय तथा यात्रुलाई आवगमनका लागि समस्या देखिएकाले उपमहानगरपालिकाले उर्मा मन्दिर जाने बाटो हुँदै शिव पार्वती मन्दिरसम्मको बाटोमा ग्राभेल गरेको थियो ।
धनगढी उपमहानगरपालिकाले आवागमन सहज बनाउन स्थानीय र जनप्रतिनिधिहरु मिलेर ग्राभेल हालेर सडक बनामएका हुन् । केही दिन अगाडि वडा कार्यालय र स्थानीयले होमपाइप राखेपछि हिलोले यात्रुलाई आवगमनमा समस्या भएको शुक्रबार सामाजिक सञ्जालका पोष्टहरूद्वारा जानकारी पाएपछि आज शनिबार सार्वजनिक विदा हुँदाहुँदै पनि उपहानगरको टोलिले ग्राभेले गरिएको हो । अधिकांस ठाउँम सडक निर्माण कार्य भईरहेको हुँदा कतिपय ठाउँमा सडक हिलाम्मे भएका मेयर गोपाल हमालले बताए । ‘उपमहानगरको धेरै ठाउँमा सडक निर्माण कार्य भईरहेका छन्’, मेयर हमालले भने । ‘बर्खाको सिजन छ । निर्माण कार्य भईरहेको भए पनि उपमहानगरको जनसक्तिले सक्ने जति सहज बनाउने प्रयास गरीरहेका छौँ ।’ सकेसम्म निर्माण भईरहेको सडकलाई सहज आवागमन बनाउन निर्माण कम्पनीलाई आग्रह गरिरहेको मेयर हमालको भनाई रहेको छ । ‘अहिले धनगढीको मुख्य सडक पनि निर्माणको क्रममा छ’, उनले भने । ‘त्यसले गर्दा पानीको निकास हुन सकेको छैन् । त्यसले आवागमनमा समस्या भएको छ । निर्माण कम्पनीलाई सहज बनाउनु अनुरोध गरेका छौँ ।’

School
टिप्पणीहरू
Loading...