Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्थानीय तह निर्वाचन- फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

0 96

काठमाडौँ, १७ फागुन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रकृया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि परेका निवेदनको टुंगो लागेपछि आचारसंहिता लागू गर्ने तयारी रहेको छ। 

आयोगले फागुन १५ सम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिने समयावधि तोकेको थियो। यस अबधिमा ८० दलले निवेदन दिएका थिए। आयोगका अनुसार फागुन १६ सम्मको अबधिमा आयोगमा १११ दल दर्ता भएका छन्। 

आयोगका पदाधिकारीको बैठकले निर्वाचन प्रभावित हुनसक्ने अवस्थालाई हेरेर आचारसंहिता स्विकृत गरी लागू गर्ने गर्दछ। आयोगले आचारसंहिता बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विभिन्न चरणमा निर्वाचन आचारसंहिता लागू हुने छ। सोमबार आयोगले सूचनामार्फत चैत्र १५ अघि कर्मचारीको सरुवा र पदस्थापना गरिसक्न निर्देशन दिएको थियो। आयोगले चैत्र १५ पछि स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा र पदस्थापना नगर्न निर्देशन दिइसकेको छ।

School
टिप्पणीहरू
Loading...