कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

    स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी
    Spread the love

    काठमाडौँ, २६ माघ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ ।  माघ १९ मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि मानसिक रूपमा तयार रहन र आवश्यक सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्र पोखरेल भन्छन्–‘केन्द्रीय सुरक्षा समितिले सुरक्षा निकायलाई योजना बनाउन निर्देशन दिएको छ ।’ 

    हमन्त्री बालकृष्ण खाँण नेतृत्वको केन्द्रीय सुरक्षा समितिको निर्देशनपछि नेपाल प्रहरीले चुनावको सुरक्षा केन्द्रित समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआईजी रवीन्द्र धानुकको नेतृत्वमा समिति बनेको प्रहरी प्रवक्ता एसएसपी विष्णु कुमार केसीले बताए । उनले भने–‘स्थानीय निर्वाचनको तयारीका लागी ३ वटा समिति बनेका छन्, समितिले आफ्नो काम सुरु गरेको छ ।’

    स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको आकलन छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारी भन्छन्–‘१ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।’ देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ । धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी प्रहरी भए सुरक्षा दिन सकिने प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD