Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सोरुमको सटर फुटाई मोटरसाईकल चोरी गर्ने पक्राउ

0 18

कञ्चनपुर, १४ कार्तिक ।। मोटरसाइकल चोरीमा संलग्न चारजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का २० वर्षीय विवेक बम, वडा नम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडा नम्बर १ का १९ वर्षीय पारस विष्ट र वडा नम्बर ११ का १८ वर्षीय किरन नाथ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले यही ७ गते बेलौरीस्थित माथिल्लो बजारमा रहेको के एम इन्टरप्राइजेज (बजाज सोरुम) बाट सटरको ताला र सिसाको ढोका फोरेर तीन वटा पल्सर मोटरसाइकल चोरी गरेको खुलेको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटेको टोलीले अनुसन्धान गरी तीन वटै मोटरसाइकल फेला पारेको हो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनवमोजिम कारबाही भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू
Loading...