Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुनको भाउ अहिलेसम्मकै उच्च, प्रति तोला कति ?

0 84

काठमाडौँ, २५ फागुन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हो।

मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो।यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हो।

तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ।

School
टिप्पणीहरू
Loading...